कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, वितरणयोग्य नाफा पनि धनात्मक

कुमारी बैंकको नाफा १ अर्ब ७ करोड, वितरणयोग्य नाफा पनि धनात्मक
64

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले बढी हो। गत वर्ष बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड रुपैयाँ र खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सम्भावित कर्जा नोक्सानी व्यवस्थापन खर्च घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष १४ करोड ७१ लाख रुपैयाँ धनात्मक बनेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने निक्षेप ४ खर्ब २८ अर्ब र कर्जा प्रवाह २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम भएको छ।

Related Post