सर्वोच्चका लागि सिफारिस भएका चार न्यायाधीशविरुद्ध ८ उजुरी, सुनुवाइ समितिमा प्रश्न उठ्यो

सर्वोच्चका लागि सिफारिस भएका चार न्यायाधीशविरुद्ध ८ उजुरी, सुनुवाइ समितिमा प्रश्न उठ्यो
67

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश बन्न सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन्।

समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो। शुक्रबारसम्म आठवटा उजुरी प्राप्त भएको समितिले जनाएको छ। उजुरी दिने समयसीमा कात्तिक १९ गतेसम्म रहेकाले उजुरीको संख्या अझै बढ्न सक्ने देखिएको छ।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

अब संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीमाथि अध्ययन तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।

 

Related Post