मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै ३२ करोड कमाइ

मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै ३२ करोड कमाइ
49

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी बढ्नु र इम्पेरमेन्ट चार्ज घट्नुले नाफा वृद्धिमा सहयोग पुर्‍याएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा बढेर ७५ करोड ६३ लाख रुपैयाँ कायम भएको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६१ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, बैंकको निक्षेप संकलन १ खर्ब २६ अर्ब र कर्जा प्रवाह १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा कायम भएको छ।

Related Post