सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

13 January, 2026 97 Views
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
97

पुस, काठमाडौं । सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

Related Post