92
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लाग्दा चाँदीको भाउ भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदी ५० रुपैयाँले सस्तिएको छ।
मूल्यवृद्धिसँगै छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।