सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ३ हजार २ सय घट्यो

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ३ हजार २ सय घट्यो
29

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ४ हजार ८१५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १६५ रुपैयाँले घटेको हो।

यससँगै बिहीबार सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ।

Related Post