काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध र आर्थिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा उच्च सरकारी अधिकारीहरू सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयकी सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहालका अनुसार भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, नेपालमा भारतीय लगानी आकर्षित गर्ने, ऊर्जा व्यापार विस्तार गर्ने, हवाई कनेक्टिभिटी बढाउने, सीमा व्यापार सहजीकरण गर्ने तथा डिजिटल सुशासनका विषयमा उच्चस्तरीय छलफल हुनेछ।
त्यस्तै, दीर्घकालीन ऊर्जा सम्झौताको प्रभावकारी कार्यान्वयन, उद्योग तथा पूर्वाधार क्षेत्रमा विदेशी पूँजी परिचालन र दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
भ्रमण टोलीमा रहेका ३५ सदस्यको नामावली यस्तो छ :
मन्त्री तथा सल्लाहकार समूह
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
उच्च प्रशासनिक तथा कूटनीतिक नेतृत्व
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय
९. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुवास शर्मा – प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत (सीईओ), लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका स्वकीय सचिव
सहसचिव स्तरका विभागीय अधिकारीहरू
१४. गेहेन्द्र राजभण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल – शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन महाशाखा, प्रधानमन्त्री कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. मुकेश डङ्गोल – महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)
मन्त्रालय तथा सचिवालयका अधिकृतहरू
२१. दीपा दाहाल – सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक, प्रधानमन्त्रीको सचिवालय
२२. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२४. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव
२५. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२६. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२७. प्रेमराज गौतम – नायब शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
२८. विनय शाक्य – स्वकीय उपसचिव (सञ्चार), प्रधानमन्त्रीको सचिवालय
सुरक्षा टोली
२९. लेफ्टिनेन्ट कर्नल बालमुकुन्द विष्ट – प्रधानमन्त्रीका प्रमुख एडिसी (ADC)
३०. मेजर सुशील बानियाँ – सुरक्षा अधिकृत
३१. मेजर रोशन केसी – प्रधानमन्त्रीका एडिसी (ADC)
३२. डीएसपी दीपेश बस्याल – सुरक्षा अधिकृत
सरकारी सञ्चारमाध्यमका प्रतिनिधि
३३. तारा हमाल ढुङ्गाना – संवाददाता, गोरखापत्र संस्थान
३४. कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
३५. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन (एनटिभी)
प्रधानमन्त्री शाहको यो भ्रमणमा राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै आर्थिक र रणनीतिक साझेदारीका विषयले विशेष महत्त्व पाउने अपेक्षा गरिएको छ। विशेषगरी ऊर्जा, लगानी, व्यापार र पूर्वाधारका क्षेत्रमा हुने छलफलले आगामी दिनमा नेपाल–भारत सहकार्यको दिशा कस्तो हुने भन्ने विषयलाई थप स्पष्ट पार्नेछ।