काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्री वितरणका लागि महानगरभित्रका ३३ स्थान निर्धारण गरेको छ। महानगरले प्लास्टिकका फूल तथा माला बिक्रीमा प्रतिबन्ध लगाउँदै नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिन आग्रह गरेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै तिहारका लागि फूल, माला तथा सजावटका सामग्री बिक्री गर्न तोकिएका स्थान प्रयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरेको हो।
महानगरले फूल तथा माला बिक्रीका लागि निम्न स्थान निर्धारण गरेको छ :
१. एनबी सेन्टर – नयाँ बानेश्वर
२. बिगमार्ट – शंखमूल
३. आईप्लेक्स मल – नयाँ बानेश्वर
४. सेल्सबेरी – मध्य बानेश्वर
५. फोनिक्स टावर – बत्तीसपुतली
६. तीनकुने चौर – तीनकुने
७. सिफल चौर – सिफल
८. एसी कम्प्लेक्स – चाबहिल
९. गणेशस्थान तरकारी बजार – चाबहिल
१०. केएल टावर अगाडि – चाबहिल
११. धर्मचक्र पार्क – स्वयम्भू
१२. कालिमाटी ब्याङ्क्वेट – कालिमाटी
१३. कालिमाटी चौबल – कालिमाटी
१४. भाटभटेनी – कलंकी
१५. भ्याली कोल्ड स्टोर – नयाँ बजार
१६. बुद्ध महल – माछापोखरी
१७. गुणस्तर खाल्डो – माछापोखरी
१८. वडा नम्बर ५ अगाडिको डबली – हाँडीगाउँ
१९. गणेश मन्दिर डबली – हाँडीगाउँ
२०. कोइराला स्मार्ट – सामाखुसी
२१. सेल्सबेरी – महाराजगन्ज
२२. बिगमार्ट – गोंगबु
२३. बिगमार्ट – चप्पल कारखाना
२४. बिगमार्ट – बालुवाटार
२५. आईटी भवन – कमलादी
२६. स्टार मल – पुतलीसडक
२७. भाटभटेनी – अनामनगर
२८. टेबहाल मन्दिर परिसर
२९. काठमाडौं मल – सुन्धारा
३०. बज्र कम्प्लेक्सको गुडमार्ट – न्यूप्लाजा
३१. लगन
३२. जैसीदेवल
३३. भृकुटीमण्डप
महानगरले प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न सचेत गराउँदै त्यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने जनाएको छ। गुणस्तर कायम नभएका सामग्रीमाथि पनि कारबाही हुने महानगरको भनाइ छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन तथा फूल बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले तोकिएका स्थानबाटै कारोबार गर्न महानगरले व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।