सुनको भाउ बढ्यो, चाँदी भने घट्यो

सुनको भाउ बढ्यो, चाँदी भने घट्यो
74

 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Related Post