नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुँदै
50

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन्।

अर्घाखाँचीका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। उनलाई गत असारमा चार वर्ष कैद सजाय सुनाइएको थियो।

६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकका रूपमा कैद छुटको सुविधा माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनको कैद अवधिमा छुट हुने गरी संशोधित कैदीपुर्जी पठाएको हो।

ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेका कैदीलाई कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान छ। सोही व्यवस्थाअनुसार रायमाझीको कैद सजायमा छुट हुने भएपछि उनी कात्तिक २६ गते रिहा हुन लागेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी दोषी ठहर भएपछि जेल चलान भएका थिए। उनको रिहाइसँगै चर्चित शरणार्थी प्रकरण पुनः चर्चामा आएको छ।

Related Post