आईजीपी फेरबदलमा ओलीको टिप्पणी : ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला’

आईजीपी फेरबदलमा ओलीको टिप्पणी : ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला’
46

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तनबारे टिप्पणी गरेका छन्।

पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले आफूले अह्राएको काम गराउनका लागि आईजीपी परिवर्तन गरेको बताएका हुन्।

सरकारले आज आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

केसीको नियुक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’

ओलीको यो टिप्पणीसँगै प्रहरी नेतृत्व परिवर्तनको विषयमा राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ।

Related Post