84
कात्तिक, काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ सय रुपैयाँमा भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भइरहेको छ ।