90
कात्तिक, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो । यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ हजार १५० रुपैयाँ कायम थियो ।