तीन अध्यादेश राष्ट्रपति कार्यालयमा, अब राष्ट्रपतिसमक्ष पेश हुने

08 October, 2026 64 Views
तीन अध्यादेश राष्ट्रपति कार्यालयमा, अब राष्ट्रपतिसमक्ष पेश हुने
64

काठमाडौं । सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। बिहीबार साँझ करिब ५ बजे अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विपद्सम्बन्धी अध्यादेश भोटेकोशी बाढीलाई समेत ध्यानमा राखेर ल्याउन लागिएको हो। यसमा विपद्का कारण बेपत्ता व्यक्तिलाई १२ वर्षपछि मृतक घोषणा गर्नुपर्ने हालको व्यवस्थालाई घटाएर ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अध्यादेशहरू कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी छ।

Related Post