बूढानीलकण्ठबाट २१ किलो सुनसहित केही व्यक्ति पक्राउ

08 October, 2026 67 Views
बूढानीलकण्ठबाट २१ किलो सुनसहित केही व्यक्ति पक्राउ
67

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुनसहित केही व्यक्ति पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गर्दै २१ किलो सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको संख्या र परिचय भने तत्काल सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद सुनको स्रोत, त्यसलाई कहाँबाट ल्याइएको थियो तथा पक्राउ परेकाहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनाबारे विस्तृत जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । पत्रकार सम्मेलनमा बरामद सुन, पक्राउ परेका व्यक्तिहरू र अनुसन्धानबाट खुलेका विषयबारे जानकारी दिइने प्रहरीले जनाएको छ ।

 

Related Post