त्रियुगा गोल्ड कपको अफिसियल चेयर पार्टनर बन्यो भी-बोन

त्रियुगा गोल्ड कपको अफिसियल चेयर पार्टनर बन्यो भी-बोन
54

काठमाडौँ । नेपाली अफिस कुर्सी बजारमा परिचित ब्रान्ड भी-बोन (V-BON) ‘त्रियुगा गोल्ड कप २०८३’ को अफिसियल चेयर पार्टनर बनेको छ। राष्ट्रिय स्तरको फुटबल प्रतियोगितासँग कम्पनीले औपचारिक साझेदारी गरेको हो।

आगामी कात्तिक १४ गतेदेखि आयोजना हुने प्रतियोगिता गाईघाट फुटबल क्लबको आयोजनामा हुन लागेको हो। प्रतियोगितालाई त्रियुगा नगरपालिकाले विशेष सहयोग गरेको छ।

खेलकुदमार्फत राष्ट्रिय एकता, अनुशासन र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितासँग जोडिएको कम्पनीले जनाएको छ।

गुणस्तरीय अफिस चेयर, चार वर्षको वारेन्टी र बिक्रीपछिको सेवाका लागि परिचित भी-बोनले यस साझेदारीलाई नेपाली खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको छ। कम्पनीले प्रतियोगिताको सफलताको कामना गर्दै खेलाडी, आयोजक तथा खेलप्रेमीलाई शुभकामना दिएको छ।

Related Post