दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना वेपत्ता

03 November, 2025 172 Views
दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना वेपत्ता
172

कात्तिक, काठमाडौं । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।

नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०: ३० बजे हिमपहिरो गएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्। प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेको छैन। 

उक्त स्थानमा उद्धारका लागि नेपाल सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रोल्वालिङ हिमक्षेत्रको यलुङ बेस क्याम्प भन्दा माथिको भेगमा यो घटना भएको प्रहरीले जानकारी दिएको छ।

Related Post