24
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रवेशद्वारमा यात्रुको लामो लाइन लाग्दा समेत एउटा मात्रै गेट सञ्चालनमा राखिएको छ ।
मुख्य प्रवेशद्वारमा दुईवटा गेटको व्यवस्था भए पनि यात्रुको चाप बढेर लामो समयसम्म लाइन लाग्दा समेत अर्को गेट नखोलिएको हो ।
एउटा मात्रै गेट सञ्चालनमा हुँदा यात्रुहरू विमानस्थल प्रवेशका लागि लामो समयसम्म लाइनमा बस्न बाध्य छन् । भीड बढ्दै जाँदा समेत अर्को गेट सञ्चालनमा नल्याइँदा यात्रुले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
दुईवटा गेट हुँदाहुँदै एउटा मात्रै गेट सञ्चालनमा राख्नुको कारणबारे विमानस्थल प्रशासन र सुरक्षाकर्मीबाट स्पष्ट जानकारी आएको छैन ।
एक यात्रुले व्यंग्य गर्दै भनेका छन्—‘सायद यात्रुहरू लाममा बसेको हेर्ने बानी परिसकेकाले अर्को गेट खोल्न मन नलागेको होला ।’