टिकटक प्रतिबन्धबिरुद्धको रिटमा आजबाट सुनवाइ

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजबाट सुनवाइ हुँदैछ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्द खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात मंशिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंशिर ४ गतेका लागि पहिलो पेशी तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *