स्वार्थ समूहले अर्थतन्त्रको समस्या देखाएर फाइदा लिन खोजिरहेको :कार्यबाहक प्रधानमन्त्री

सेयर गर्नुहोस्

१५ मंसिर, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वार्थ समूहले अर्थतन्त्रको समस्या देखाएर फाइदा लिन खोजिरहेको बताएका छन् । अहिले अर्थतन्त्रमा जतिसुकै समस्या आएपनि सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने उनको भनाई छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी समेत गरेका छन् ।

अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ’ उनले भने ‘सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ । ‘अर्थतन्त्र जोखिममुक्त भइसकेको छैन, हामीबीच समस्या लुकाएर होइन, स्विकारेर अगाडि बढ्ने हो’ खड्काले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *