सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित ६ जनाको नाम अनुमोदन

सेयर गर्नुहोस्

४ पौष, काठमाडौं ।  संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो । समितिको तर्फबाट ज्येष्ठ सदस्य सभापति पशुपति समेशर जबराले प्रश्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको बताए । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *