रेट्रोफिटिङ गरिएको नयाँ भवनमा मन्त्रिपरिषद बैठक

सेयर गर्नुहोस्

४ पुस, काठमाडौं । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुनस् निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषदको बैठक पनि सोही भवनमा बसिरहेको छ । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुनस् निर्माण गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनै सोही भवनबाट सञ्चालित छ । बुधबारको मन्त्रिपरिषद बैठक पनि सोही भवनको बैठक कक्षमा बसेको हो ।

सहरी विकासमन्त्री सीता गुरूङले प्रधानमन्त्रीले पुनस्र्निर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गरेपछि सोही बैठककक्षमा मन्त्रिपरिषदको बैठक बसेको जानकारी दिइन् । यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए । प्रधानमन्त्री दाहालले एक महिनाअघि आफ्नो कार्यकक्ष सारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *