सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने गाडीमा स्थानीयले गरे आगजनी, स्थिति नियन्त्रणमा लिन गाह्रो

सेयर गर्नुहोस्

९ पौष, काठमाडौं । सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बसमा आगजनी भएको छ। सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको थियो। बसको ठक्करबाट मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो। मोटरसाइकलमा सवार २ जनाको मृत्य भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकी महिलाको शव सडकमै रहेको र आक्रोशित भिडले उठाउन नदिएको डिएसपी दाहालले जानकारी दिए। मोटरसाइकल चालकको शव भने स्थानीय क्लिनिकमा रहेको उनले जानकारी दिए। उनले त्यहाँ प्रहरीको संख्या कम भएकाले स्थिति नियन्त्रणमा लिन गाह्रो भएपछि आफ्नो नेतृत्वमा जिल्लाबाट प्रहरीको टोली जाँदै गरेको बताए। दुर्घटनापछि विपी राजमार्ग अवरूद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *