५ महिनामा १२ करोडको कन्डम भित्रियो , आयात दिन प्रतिदिन बढ्दै

सेयर गर्नुहोस्

९ पौष, काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।  तथ्यांकअनुसार यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।

सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।  तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९र८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो । यसअनुसार चालू वर्षको सोही अवधिमा २ करोड ७४ लाख रुपैयाँले आयात बढेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *