गाजामा युद्धबाट मृत्यु हुनेको संख्या २० हजार २८५ पुग्यो

सेयर गर्नुहोस्

९ पौष, काठमाडौं । इजरायल—हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही शुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ । गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ अन्य घाइते भएका छन् ।

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत बिस्थापित भएका छन् । यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *