चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

सेयर गर्नुहोस्

९ पौष, चितवन ।  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ । विगत केही वर्षदेखि कोभिड–१९ का कारण रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए। सोमवार सञ्चारकर्मीहरु संग कुरा गर्दै संयोजक पाण्डेले हात्ती महोत्सवको लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताए । उनले महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको बताए ।

उनले महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवद्र्धन हुने बताए । चितवन सौराहामा हात्ती विनाको पर्यटन अधुरो हुने बताउदै उनले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताएका छन् । उनले महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टलहरु राखिने बताए । उनले महोत्सवमा करिव १ करोड बराबरको खर्च हुने बताएका छन् । महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *