मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा पक्राउ परेका ७३ जनालाई मुद्दा नलगाई छाडिने

सेयर गर्नुहोस्

१५ पुस, काठमाडौं । मन्त्री प्रकाश ज्वालाको सवारीमा आगजनी प्रकरणमा ललितपुरको बालकुमारीबाट समातिएका ७३ जनालाई कुनै पनि मुद्दा नलगाई छाडिने भएको छ । गृह मन्त्रालयले रोजगारीका लागि विदेश जान लागेको उनीहरुको भविश्वमा पर्ने असरलाई ध्यानमा राखेर कुनैपनि मुद्दा नलगाई रिहा गर्न लागिएको जनाएको छ ।

गाडीमा आगजनी पछि भएको प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको हो । पुस १३ मा रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए । पक्राउ गरिएकाहरुलाई मुद्धा नचलाउने निर्णय भएअनुसार उनहिरुलाई छोड्न लागिएको हो ।

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना सहज रुपमा छुट्नेछन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् । प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *