एक महिनामा वैदेशिक रोजगारीका लागि १८७ नेपाली बेलायत गए

सेयर गर्नुहोस्

४ माघ,काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएका हुन् । जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् ।

१८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् । यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *