नेपाल समाजवादी पार्टीले कोशी प्रदेश नामकरणलाई नमान्ने

सेयर गर्नुहोस्

२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई स्विकार निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेशसभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो । प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध आनदोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरूप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यवद्धता छ । साथै यो बैठक प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ’, नेसपाको केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ । 

साथै, नेसपाले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न समेत माग गरेको छ । द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाड्न खोजेको भन्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य जीतमान पुनलाई पक्राउ गरेकोमा पनि नेसपाले भर्त्सना गरेको छ । पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा हाम्रो पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्सल) लाई जनयुद्धकालीन झुटा मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा सरकारको यस्तो कार्यको भर्त्सना गर्दै अविलम्ब रिहाइको माग गर्दछ’, बैठकको निर्णयमा नेसपाले भनेको छ । साथै, मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतका मुद्दाहरू यथाशीघ्र फिर्ता गर्न पनि नेसपाले माग गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *