एमालेले टुंग्यायो महासेठको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको नाम 

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले  रघुबीर महासेठको नेतृत्वमा प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याएको छ । सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् भने बाँकी दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीको नाम छनोट गरिएको छ । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *