एकीकृत समाजवादीले दुई मन्त्रालय पाए सरकारमा जाने

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाए सरकारमा जाने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । समाजवादीका उपमहासचिव डा। विजय पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनको सरकारमा जानेबारे छलफल भएको बताए । यसअघि पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो । तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि, प्रकाश ज्वाला भौतिक मन्त्री र नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *