कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

सेयर गर्नुहोस्

२३ फाल्गुन, काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोकगायक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् ।

आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् । अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *