गृहमन्त्री र मिटरब्याज पीडितबिच भेटबार्ता

सेयर गर्नुहोस्

२७ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा भेटबार्ता भएको छ । मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् । लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि सहभागी छन् । 

‘लामो समयदेखि उहाँहरु प्रदर्शनमा रहनुभएकाले मन्त्रीज्यू आफैंले उहाँहरुको कुरा सुन्न बोलाउनुभएको हो’, सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यूले उहाँहरुको ६ बुँदे माग सुनिसक्नुभएको छ, फेरि केहीबेरमा दोस्रो चरणको छलफल हुँदैछ । पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले टोलीको नेतृत्व गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले सरकार हदैसम्मको लचकता देखाएर तत्काल निष्कर्षमा पुग्न तत्पर रहेको बताए ।

‘म आज यहाँ आइपुग्नुको श्रेय उहाँहरु (मिटरब्याज पीडित) लाई पनि जान्छ, उहाँहरुले मलाई पहिले टेलिभिजनमा हुँदा विश्वास गरेको हो’, लामिछानेले छलफलमा भने, ‘उहाँहरुले एकदमै दुःख पाइरहनुभएको छ, उहाँहरुको समस्या चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ । मिटरब्याज पीडितको न्यायका लागि लागि भन्दै पूर्वको काकडभिट्टाबाट कुशवाहको नेतृत्वमा ५०० जना र पश्चिम महेन्द्रनगरबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । २३ दिन हिँडेर काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *