गठबन्धन टुटेर सिंगो कांग्रेसलाई धेरै फाइदा भएको छ : नेता कोईराला

सेयर गर्नुहोस्

२९ फागुन, नवलपुर । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले गठबन्धन टुटेर सिंगो कांग्रेस फाइदा भएको बताएका छन् । उनले कांग्रेलार्य एकढिक्का हुने अवसर प्राप्त भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी संगठन बनाउने र पार्टीलाई एकढिक्का बाउने अवसर प्राप्त भएको बताए ।

उनले भने, ‘फुटेर राम्रो भयो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन । कांग्रेसले अब पार्टी संगठन बनाउछ । पार्टीभित्रका सवै साथीहरूलाई एकढिक्का बनाउछ । उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउदै बेइमानीको राजनीति धेरै समय नटिक्ने बताए । केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *