पाटे बाघको आक्रमणबाट महिला घाइते

सेयर गर्नुहोस्

७ चैत, बारा । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट मंगलबार दिउँसो निजगढ नगरपालिका(११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।

बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीनवटा बाख्रा भने बाघले मारेको छ । बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका९ ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए । यसैबीच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *