पक्राउ परेका माओबादी उपाध्यक्ष महरालाई थप अनुसन्धानका लागि म्याद नथपी घर पठाइने

सेयर गर्नुहोस्

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि म्याद नथपी घर पठाइने भएको छ । लगातार विमारी परिरहने भएकाकाले गर्दा म्याद नथपी हाजिरी जवानीमा हिरासत मुक्त गर्न लागिएको सीआईबीको भनाई छ ।

९ किलो सुन भेपमा तस्करी प्रकरणमा उनी पक्राउ परेका थिए । महरामा विभिन्न खालको रोग भएकाले सरकारी वकिल कार्यालयमा प्रक्रिया मिलाएर छाड्न लागिएको हो । गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७–८ वटा रोग भएको बताएका थिए । त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो ।

महरा टीबी, युरिक एसिड, प्रोस्टेट, डायबिटिज, ब्लड प्रेसर लगायतका रोगबाट ग्रसित रहेका छन् । पक्राउ परे यता उनी नर्भिक अस्पतालमा बस्दै आएका छन् । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जुन म्याद पनि सकिएको छ । अब म्याद नथप्ने र प्रक्रिया मिलाएर घर पठाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *