समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि सहभागी गराउने शिर्ष नेताहरुको तयारी

सेयर गर्नुहोस्

९ चैत, काठमाडौं । सत्ता समीकरण फेरिएसँगै माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चाले नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल गरेको छ । मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवका अनुसार शुक्रबार बसेको बैठकले अन्य दलसँग पनि छलफल गरेर कार्यक्रम ल्याउने बताए ।

‘मोर्चालाई अन्य दललाई पनि कसरी समेट्ने भनेर छलफल भयो । मसाल मोर्चामा आउन सहमत भइसकेको छ । हामीले एमालेसँग पनि छलफल गरिरहेका छौँ’, विप्लवको भनाइ छ, ‘एमालेसँग मोर्चाका शीर्ष नेताहरूले कुरा गर्ने भन्ने भएको छ । यसअघि बिहीबार विप्लव र उनको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए । ओलीसँगको भेटमा मोर्चामा सहभागी हुने विषयमा सकरात्मक कुराकानी भएको र त्यस बारेमा आफूले बैठकमा समेत जानकारी गराएको विप्लवको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *