पोखरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सेयर गर्नुहोस्

१८ चैत, काठमाडौं । पोखरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप वडा नम्बर ४ स्थित सल्लाघारीमा सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

मृत्यु हुनेहरूमा पोखरा– २३ पामे बस्ने ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए । दुर्घटनाको खबर पाएसँगै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको कमान्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । रेग्मीका अनुसार घाइतेहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *