प्रधानमन्त्री प्रचण्ड आज चितवन आउने

सेयर गर्नुहोस्

२५ चैत, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन आउने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री चितवन आउने कार्यक्रम छ । यस्तै प्रधानमन्त्रीले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । आज दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पहिलो चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् । उनले भरतपुर भ्रमण बर्षलाई प्रवद्र्धन गर्नका लागि यस्ता प्रतियोगिता, विभिन्न संघसंगठनका भेला, महाधिवेशन जस्ता कार्यक्रमहरु भरतपुरमा आयोजना भैरहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *