सम्पर्कमा नआएको १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन

सेयर गर्नुहोस्

१० वैशाख, काठमाडौं । आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो ।

प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *