उदयपुर जिल्लाको रौतामाईमा आगलागी हँदा ५० लाख रुपैयाँ बराबरको क्षति

सेयर गर्नुहोस्

१४ वैशाख, उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा २ घर जलेका छन् भने ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो । आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख रुपैयाँ र छोरा रमेशको घरमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *