नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बूढानीलकण्ठमा जारी

सेयर गर्नुहोस्

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ । संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् ।

पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन । शुक्रबारको बैठकमा सम्बोधनका लागि वेलमा पुगेका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदले रोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *