प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर जसपा फुटाईयो : उपेन्द्र यादव

सेयर गर्नुहोस्

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै यादवले जसपा फुटाएर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल अवैधानिक भएको दाबी पनि गरे। राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भइसकेको छ।

उनले पत्रकार सम्मेलनमा राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको बताउँदै उक्त कार्यविरुद्ध सर्वोच्च अदालत जाने भनाई पनि राखे। यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हौवाको भ्रममा परेको बताउँदै सरकारलाई दिएको समर्थन कायमै रहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *