सिंगापुर एयरलाइन्सको विमान दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

सेयर गर्नुहोस्

८ जेठ ।  लण्डनबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै अन्य ३० जना घाइते भएको बताइएको छ । प्राविधिक समस्याका थाइल्याण्डको राजधानी बैंककको सुवर्णभूमि विमानस्थलमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो ।

विमानमा जम्मा २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको एयरलाइन्सले जनाएको छ । घाइते यात्रुसहित सातजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको सुवर्णभूमि विमानस्थलका महाप्रबन्धक कित्तिपोङ कित्तिकाचोर्नले बताइन । 

विमानस्थलका अधिकारीहरूले बाँकी यात्रुहरूलाई सहयोग गरिरहेका छन् । प्रतिस्थापन विमान मंगलवार राति विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कित्तीपोङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *