कोशी सरकार गठनका विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा आज सुनुवाई हुने

सेयर गर्नुहोस्

१६ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज छ । २६ वैशाखमा केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् । केदारले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीसँग जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *