सहकारी पीडितको व्यथामा आधारित भएर नेबिसंघले गर्‍यो सडक नाटक प्रस्तुत

सेयर गर्नुहोस्

१६ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी पीडितको व्यथामा आधारित सडक नाटक प्रस्तुत गरेको छ । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले वसन्तपुर, काष्ठमण्डप प्राङ्गणमा सडक नाटक प्रदर्शन गरेको हो । सडक नाटकमार्फत सहकारीबाट ठगिएका आम जनताको पीडा देखाइएको संघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।

‘पसिनाको कमाइ कसरी सहकारीहरूले हिनामिना गरे र कसरी आम मानिस मारमा परे भन्ने विषयलाई सडक नाटकमार्फत प्रस्तुत गरेका हौं,’ आचार्यले भने, ‘सिर्जनशिल र सन्देशात्मक सडक नाटकमार्फत पीडितको समस्या देखाएका छौं । संघले यस अघिदेखि नै सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडितको रकम फिर्ताको माग गर्दै विरोध गर्दै आएको छ । नेपाली कांग्रेसले गत आइतबार संसदीय छानबिन समितिको मुद्दालाई उठाएर काठमाडौंमा प्रदर्शन गरेको थियो । 

त्यसअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतलाई कांग्रेसले विरोध प्रदर्शनका लागि सडकमा उतारेको थियो । सत्तापक्ष र विपक्षी दलबीच सहमति बनेर मंगलबार सात सदस्यीय संसदीय छानबिन समिति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *