माधब नेपालको पार्टी यो गठबन्धन छाडेर बाहिर जाने सम्भावना छैन : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

१७ जेठ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर जाने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीहरु संग कुरा गर्दै विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन । माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए ।

प्रचण्डले विहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने बताएका हुन् । ‘उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो’ प्रचण्डले भने, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *