१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सेयर गर्नुहोस्

३२ जेठ, काठमाडौं । भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् । उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले ती बालिकालाई बलात्कार गरेको आरोप छ । तामाङले बालिकालाई १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *