प्रोत्साहन भत्ता नदिएको भन्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलनमा

सेयर गर्नुहोस्

३२ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर उनीहरु आन्दोलित भएका हुन् । शुक्रबार उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । आफूहरुको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *