चितवनमा कारसँग ठोक्किदा बस त्रिशुलीमा खस्यो, कार चालकको मृत्यु

सेयर गर्नुहोस्

३२ जेठ, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस र विपरित दिशाबाट आईरहेको कार एक आपसमा ठोक्किदा यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । ४५ जना सवार रहेको बसमा दुर्घटना हँदा १३ जना घाइते भएका छन् भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएको हो ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझाको उपचारको क्रममा मृत्यु भएको छ भने, टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।

अन्य केही यात्रुहरु पनि घाइते भएका र उनीहरुलाई विभन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *